काठमाडौं । इङल्याण्डले युरोकपमा विजयी सुरुवात गरेको छ।
गएराती सम्पन्न खेलमा इङल्याण्डले सर्बियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
इङल्याण्डको जितमा खेलको १३औं मिनेटमा जुडे बेलिङघमले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।
समूह सी मा रहेको इङल्याण्डले यो जितपछि महत्वपूर्ण ३ अंक हासिल गरेको छ।
अब इङल्याण्डले अर्को खेल जुन २० मा डेनमार्कविरुद्ध खेल्ने छ भने सर्बियाले जुन २० मै स्लोभेनियाविरुद्ध खेल्ने तालिका रहेको छ।





























प्रतिक्रिया