तेस्रो मनास्लु एसईई कप बास्केटबलकाे उपाधि आयाेजकलाई

तेस्रो मनास्लु एसईई कप बास्केटबलकाे उपाधि आयाेजकलाई

केन्द्रबिन्दु
56
Shares

काठमाडाैंकाे नयाँबजारमा अवस्थित मनास्लु स्कुल/कलेजमा “तेस्रो मनास्लु एसईई कप बास्केटबल प्रतियोगिता” सम्पन्न भएको छ । असार १ गते सुरू भएको प्रतियोगिता २ गते सम्पन्न भएको हो ।

एसईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको उक्त प्रतियोगितामा छात्रतर्फ २६ र छात्रातर्फ १४ वटा टिम सहभागी भएकोमा छात्रतर्फ आयोजक मनास्लुले प्रथम स्थान हासिल गरेको थियो भने रेडियन्ट स्कुलले द्वितिय स्थान हासिल गरेको थियो । त्यस्तै छात्रातर्फ जे.एस.ए टिमले प्रथम र थन्डर स्ट्राइक टिमले द्वितिय स्थान हासिल गरेका थिए ।

निकै उत्साहजनक रूपमा सञ्चालन भएको उक्त प्रतियोगिताको “मस्ट भ्यालुएबल प्लेयर” को उपाधी छात्रतर्फ बिक्की स्याङ्बो र छात्रातर्फ सराह डंगोलले प्राप्त गरे ।

प्रतियोगितामा प्रथम हुने टिमहरूले नगद १५ हजार रुपैयाँ र ट्रफी र द्वितिय हुने टिमहरूले रू १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका थिए । उक्त प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै कलेजका सीईओ नरेशप्रसाद श्रेष्ठले बास्केटबल प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरूलाई कक्षा ११ मा भर्ना भए छात्रवृत्ति प्रदान गरिने बनाए ।

बास्केटबल प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल बास्केटबल संघ (नेबा)का महासचिव नरेन्द्र थापाले गरेका थिए भने समापन समारोहमा कलेजका कार्यकारी निर्देशक जे.वि दवाडी, प्राचार्य सुचिता शाक्य, कार्यक्रम निर्देशक कविराज अंगाइ, कार्यक्रम संयोजक नविन शाक्य, माध्यमिक तह संयोजक एवं परीक्षा प्रमुख नवराज भट्ट एवं प्रशासकिय अधिकृत सुमन खनालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । उक्त कार्यक्रम बास्केटबल प्रशिक्षक शैलेस श्रेष्ठको संयोजकत्वमा संचालन भएको थियो ।

Logo