कप्तान रोहितसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना

कप्तान रोहितसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपालका कप्तान रोहित पौडेलसँग आक्रमक व्यवहार देखाएका बंगलादेशका बलर तान्जिम हसन सकिबलाई म्याच फिसको १५ प्रतिशत जरिवाना गरिएको छ।

जारी टी-२० विश्वकपअन्तर्गतको खेलका क्रममा आइसीसीले सकिबले आइसीसीको नियम विपरित व्यवहार गरेको भन्दै म्याच फिसको १५ प्रतिशत जरिवाना गरेको हो।

नेपाल र बंगलादेशविरुद्धको खेलमा बलिङ गर्ने क्रममा सकिबले खेलको तेस्रो ओभरपछि आक्रामक हुँदै भनाभन गरेका थिए।

आइसीसीले सकिबले खेलको तेस्रो ओभरपछि नेपालका कप्तान रोहित पौडेलको नजिक गएर आक्रामक व्यवहार देखाउँदै गलत तरिकाले फिजिकल सम्पर्क गरेको उल्लेख गरेको छ।

त्यसपछि दुवै खेलाडी बीच भनाभन भएको र एम्पायरले दुवैलाई अलग गरेका थिए। सकिबको गलत व्यवहार बारे एम्पायरले सोहि समयमा बंगलादेशका कप्तान नाजमुल होसैन शन्तोलाई जानकारी गराएका थिए।

आइसीसीले जरिवानाको अलावा सकिबलाई एक डिमेरिट अंकसमेत दिएको छ।

Skip This
Skip This
Logo