टी–२० विश्वकपः वेष्ट इन्डिजले इङ्ल्याण्डलाई दियो १८१ रनको विजयी लक्ष्य

टी–२० विश्वकपः वेष्ट इन्डिजले इङ्ल्याण्डलाई दियो १८१ रनको विजयी लक्ष्य

केन्द्रबिन्दु
42
Shares

टी–२० विश्वकपअन्तर्गत अहिले भइरहेको सुपर एटको दोस्रो खेलमा वेष्ट इन्डिजले इङ्ल्याण्डलाई १८१ रनको विजयी लक्ष्य दिएको छ । इङ्ल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गर्न आएको वेष्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाउन सफल भयो ।

वेष्ट इन्डिजका लागि जोनसन चाल्र्सले ३८, निकोलस पूरन र रोभम्यान पावेलले सम्मान ३६ रन बनाए । बलिङतर्फ इङ्ल्याण्डका जोफ्रा आर्चरले ४ ओभरमा ३४ रन दिएर एक विकेट लिए । यस्तै अदिल रसिद, मोइन अली र लायम लिभिङस्टोनले एक–एक विकेट लिए ।

Logo