अफगानिस्तानमाथि भारत ४७ रनले विजयी

अफगानिस्तानमाथि भारत ४७ रनले विजयी

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । भारतले अफगानिस्तानलाई पराजित गरेको छ। जारी आइसीसी टी-२० विश्वकपअन्तर्गत सुपर आठको खेलमा भारतले अफगानिस्तानलाई४७ रनले पराजित गरेको हो।

गएराती समपन्न खेलमा भारतले दिएको १८२ रनको लक्ष्य पछाएको अफगानिस्तान २० ओभरमा अल आउट हुदै १३४ रन मात बनाए पछि भारत ४७ रनले विजयी भएको हो।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाइले सर्बाधिक २६ रन बनाए भने नाजिबुल्लाह जर्द्रानले १९ रन बनाएका थिए। त्यस्तै भारतका बलर अर्शदीप सिंह र जसप्रित बुमराहले ३-३ विकेट लिएका थिए।

यस अघि टस जितेर पहिला बय्टिंग गरेको भारतले २० ओभरमा ८ व्केट गुमाएर १८१ रन बनाएको थियो। भारतका लागिसूर्यकुमार यादवले सर्बाधिक ५३ रन बनाए भने हार्दिक पाण्डेयले ३२, विराट कोहलीले २४ तथा ऋषव पन्तले २० रन बनाएका थिए। त्यस्तै अफगानिस्तानका बलर राशिद खान र फजलहक फारुकीले ३-३ विकेट लिएका थिए।

यो जितपछि सुपर आठको समूह एकमा रहेको भारतले २ अंक हासिल गरेको छ। अब भारतले अर्को खेल शनिबार राति बंगलादेशविरुद्ध खेल्दै छ। त्यस्तै अफगानिस्तानले अर्को खेल आइतबार बिहान अस्ट्रेलियासँग खेल्दै छ।

Logo