कप्तान पौडेलसहित सन्दीप र दीपेन्द्रले ग्लोबल टी-२० लिग खेल्ने

कप्तान पौडेलसहित सन्दीप र दीपेन्द्रले ग्लोबल टी-२० लिग खेल्ने

केन्द्रबिन्दु
714
Shares

काठमाडौं । क्यानडामा आयोजना हुने ग्लोबल टी-२० लिगमा यस पटक ३ नेपाली खेलाडीले खेल्ने भएका छन्।

यस पटक नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पीनगर सन्दीप लामिछानेले ग्लोबल टी-२० लिग खेल्ने भएका हुन्।

ग्लोबल टी-२० लिग आगामी जुलाईदेखि सञ्चालन हुँदैछ।

सन्दीप चौथो पटक ग्लोबल टी-२० क्यानडा लिग खेल्दैछन् भने दीपेन्द्र दोस्रो पटक विदेशी लिगमा छनोट भएका हुन्।

यस अगाडि सोमपाल कामीले पनि ग्लोबल टी-२० खेलिसकेका छन्।

Logo