युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक जित

युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक जित

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । युक्रेनले जारी युरोकपमा स्लोभाकियालाई पराजित गरेको छ। शुक्रबार सम्पन्न खेलमा युक्रेनले स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गरेको हो।

युक्रेनको जितमा मिकोला शापारेनको र रोमान यारेमचुकले एक एक गोल गरेका थिए। त्यस्तै स्लोभाकियाका लागि इभान स्चारान्जले एक गोल गरेका थिए। १-० गोलले पछि परेको युक्रेनले खेलमा कमब्याक गर्दै जित निकालेको छ।

पहिलो खेलमा रोमानियासँग ३-० ले हारेको युक्रेनले दोस्रो खेलमा जित निकाल्दै समूह इ मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ। यो जितपछि युक्रेन समूहमा दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै स्लोभाकियाको पनि २ खेलमा ३ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ।

अब युक्रेनले समूह चरणको अन्तिम खेल बेल्जियमसँग जुन २६ मा खेल्ने छ भने स्लोभाकियाले रोमानियासँग सोहि दिन खेल्ने तालिका छ।

Logo