फ्रान्स र नेदरल्याण्डस गोलरहित बराबरीमा रोकिए

फ्रान्स र नेदरल्याण्डस गोलरहित बराबरीमा रोकिए

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । फ्रान्स र नेदरल्याण्डस जारी युरोकपमा गोलरहित बराबरी खेलेका छन्। गएराती सम्पन्न समूह डी अन्तर्गतको खेलमा फ्रान्स र नेदरल्याण्डस गोल रहित बराबरी खेलेपछि एक एक अंक बाँडेका छन्।

अघिल्लो खेलमा नाकमा चोट लागेका फ्रान्सका किलीयन एम्बाप्पे भने यस खेलमा खेलेका थिएनन्।

यो बराबरीपछि समूह डी मा नेदरल्याण्डसको २ खेलमा ४ अंक भएको छ र समूहमा शीर्ष स्थानमा छ भने फ्रान्सको पनि २ खेलमा ४ अंक नै रहेको छ र समूहमा दोस्रो स्थानमा रहेको छ।

अब फ्रान्सले समूह चरणको अन्तिम खेलमा जुन २५ मा पोल्याण्डसँग खेल्ने छ भने नेदरल्याण्डसले सोहि दिन अस्ट्रियासँग खेल्ने छ।

Logo