सन्दीप लामिछाने फर्किए स्वदेश, भन्छन्- विश्वकप यात्रा अविस्मरणीय रह्यो

सन्दीप लामिछाने फर्किए स्वदेश, भन्छन्- विश्वकप यात्रा अविस्मरणीय रह्यो

केन्द्रबिन्दु
210
Shares

नेपालका चर्चित स्टार स्पिनर सन्दीप लामिछाने आईसीसी टी-२० विश्वकप खेलेर आज स्वदेश फर्किएका छन् । एअर अरेबियाको फ्लाइटबाट आज दिउँसो काठमाडौँ ओर्लिएका हुन् ।

साे क्रममा उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘विश्वकप यात्रा अविस्मरणीय रह्यो, तर हामीले अझै धेरै सुधार गर्न बाँकी छ । नेपाल क्रिकेट संघले मलाई विश्वकपमा कम्तिमा एउटा खेल खेल्ने वाचा गरेको थियो र त्यो वाचा पूरा गरेको छ ।’

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको ३ दिनपछि उनी आज काठमाडौंमा अवतरण गरेका हुन् । टीमका अन्य सदस्य अमेरिका भएर नेपाल आएका थिए, तर सन्दीपसँग भने अमेरिकाको भिसा नभएकाले उनी अर्को रुट हुँदै क्यानडाबाट आएका हुन् ।

अमेरिकाले पटकपटक उनको भिसा रिजेक्ट गरेपछि उनी रातारात क्यानडा हुँदै विश्वकपको आयोजक राष्ट्र वेष्ट इन्डिज पुगेका थिए । अमेरिकामा भएका नेदरल्याण्ड र श्रीलंकासँगको खेल उनले गुमाए । तर, उनले वेष्ट इन्डिजमा भने दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध आफ्नो उत्कृष्ट खेल प्रर्दशन गरे । उनले टी २० क्रिकेटमा १०० विकेटको कोशेढुंगा पनि पार गरे । सबैभन्दा कम खेलेर १०० विकेट पूरा गर्ने विश्वकै दोस्रो खेलाडी बने । यो कीर्तीमान कुनै चानचुने होइन । उनले ५४ वटा टी–२० आई खेलेर सय विकेट लिएका हुन्। तर, १० वर्षपछि आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेटमा कमब्याक गरेको नेपाल जितविहीन हुँदै समूह चरणबाटै बाहिरियो ।

Logo