टी-२० विश्वकपको सुपर आठमा आज दुई खेल

टी-२० विश्वकपको सुपर आठमा आज दुई खेल

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । जारी टी-२० विश्वकपअन्तर्गत आज सुपर आठका दुई खेल हुँदै छन्। आज पहिलो खेल अफगानिस्तान र अस्ट्रेलियाबीच भइरहेको छ।

सेन्ट भिन्सेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि शुरु भएको हो।

सुपर आठमा अफगानिस्तानले आफ्नो पहिलो खेलमा भारतसँग हार बेहोरेको छ भने अस्ट्रेलियाले बंगलादेशमाथि जित हासिल गरेको छ।

अफगानिस्तान र अस्ट्रेलियाबीच अहिलेसम्म एक टी -२० खेल भएको छ, जुन अस्ट्रेलियाले जितेको छ।

त्यस्तै, आज दोस्रो खेल इङल्याण्ड र अमेरिकाबीच हुँदै छ। बारबाडोसस्थित केनसिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राती ८:१५ बजेदेखि शुरु हुने छ।

सुपर आठमा दुवै देशको यो अन्तिम खेल हो। इङल्याण्डले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने अमेरिकाले दुवै खेलमा हार बेहोरेको छ।

सेमिफाइनलमा पुग्न आज इङल्याण्डका लागि अमेरिकालाई पराजित गर्नै पर्ने र अर्को खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पराजित गर्नुपर्ने अवस्था रहेको छ। त्यस्तै वेस्ट इन्डिजले जितेमा भने रनरेटको आधारमा सेमिफाइनलमा पुग्ने देशको तय हुने छ।

अमेरिकाले भने कम्तिमा ८० रनको अन्तरमा इङल्याण्डलाई पराजित गरेमा तथा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई कम्तिमा ६७ रन अन्तरले पराजित गरेमा मात्र सेमिफाइनलमा पुग्ने छ।

Logo