टी-२० विश्वकप: वेस्ट इन्डिज र दक्षिण अफ्रिका भिड्दै, साँझ भारत र अस्ट्रेलिया

टी-२० विश्वकप: वेस्ट इन्डिज र दक्षिण अफ्रिका भिड्दै, साँझ भारत र अस्ट्रेलिया

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । जारी टी-२० विश्वकपका सुपर आठका खेलमा आज दुई खेल हुँदै छन्। आज पहिलो खेल वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीच भइरहेको छ। एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि शुरु भएको छ।

सुपर आठमा दक्षिण अफ्रिकाले यस अघि खेलेका दुवै खेल जितेको छ भने यो खेल जितेमा सेमिफाइनलमा पुग्ने छ। त्यस्तै वेस्ट इन्डिजका लागि सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ। यस अघि खेलेका दुई खेलमा अमेरिकालाई पराजित गरेको थियो भने ईङल्याण्डसँग पराजित भएको थियो।

त्यस्तै, आज अर्को खेल भारत र अस्ट्रेलियाबीच हुने छ। सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि हुने छ। भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा छ भने अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो। सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ।

Skip This
Skip This
Logo