अफगानिस्तान दक्षिण अफ्रिकाविरुद्ध ५६ रनमै अलआउट, १० ब्याटरले छुन सकेनन् दाेहाेराे रन

अफगानिस्तान दक्षिण अफ्रिकाविरुद्ध ५६ रनमै अलआउट, १० ब्याटरले छुन सकेनन् दाेहाेराे रन

केन्द्रबिन्दु
126
Shares

आईसिसी टी-२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनलमा अफगानिस्तान दक्षिण अफ्रिकाविरुद्ध ५६ रनमै समेटिएको छ ।

टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्रै जोडेको हो । अफगानिस्तानका लागि अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

अफगानिस्तानलाई सस्तैमा समेट्न मार्को जान्सेन र तब्राइज साम्सीले समान ३/३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २/२ विकेट लिए।

Logo