झिनो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको १ विकेट गुम्यो

झिनो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको १ विकेट गुम्यो

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । आईसीसी टी २० विश्वकपको फाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको झिनो लक्ष्य दिएको छ ।

बिहीबार टारोउबामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभरमा मात्र ५६ रन बनाएर अलआउट हुन पुग्यो । अफगानिस्तानका अज्मतुल्लाह ओमरजाईले १० रन जोडे । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अफगानिस्तानलाई सस्तोमा रोक्न दक्षिण अफ्रिकाका मार्को यानसन र तबरेज साम्सीले समान तीन –तीन विकेट लिए । यस्तै, कगिसो रबाडा र एनरिक नोर्ट्जे समान दुई विकेट रह्यो ।

यानसनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिँदा कगिसो रबाडाले ३ ओभरमा १ मेडनसहित जम्मा १४ रन दिए । नोर्कियाले ३ ओभरमा ७ रन खर्चदा शाम्सीले १.५ ओभरमा ६ रन दिए ।

प्रतियोगितामा दक्षिण अफ्रिका सुपर–८ को समूह–२ को विजेताका रुपमा सेमिफाइनल आएको हो । अफगानिस्तान भने समूह–१ को उपविजेता हो । आजको खेलमा जित निकाल्ने टिमले विश्वकपको उपाधिका निम्ति भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ ।

ताजा अवस्थामा दक्षिण अफ्रिकाले २.४ ओभर सकिँदा १ विकेट गुमाएर ६ रन जोडेको छ ।

Logo