उरुग्वेको लगातार दोस्रो जित, क्वाटरफाइनल पुग्ने निश्चित

उरुग्वेको लगातार दोस्रो जित, क्वाटरफाइनल पुग्ने निश्चित

केन्द्रबिन्दु
84
Shares

काठमाडौ‌। उरुग्वेले जारी कोपा अमेरिकामा लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा उरुग्वेले बोलिभियालाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वेको जितमा फाकुनडो पेलीस्ट, डार्विन नुनेज, म्याक्सिमिलियानो अराउजो, फेडेरिको भाल्भर्डे र रोड्रीगो बेनटानचरले एक एक गोल गरेका थिए ।

उरुग्वेले यस अघि पहिलो खेलमा पानामालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि उरुग्वेले समुह सी मा २ खेलमा ६ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । उरुग्वेको क्वाटरफाइनलमा पुग्ने निश्चित जस्तै रहेको छ । समुहको अन्तिम खेलमा उरुग्वेले अमेरिकाको सामना गर्ने छ भने पानामाले बोलिभियाको सामना गर्ने छ । 
        

Logo