इण्डियन प्रिमियर लिगमा दिल्ली पहिलोपटक शीर्ष स्थानमा उक्लियो

इण्डियन प्रिमियर लिगमा दिल्ली पहिलोपटक शीर्ष स्थानमा उक्लियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

इन्डियन प्रिमियर लिगमा सन्दीप लामिछाने समावेश टिम दिल्ली क्यापिटल्सले सातौँ जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ ।

सोमबार भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको थियो । जितसँगै दिल्लीले चेन्नई सुपर किंग्ससँग अंक बराबरी गर्दै लिगको शीर्ष स्थानमा पुगेको हो । समान अंक भएपनि रनरेटका आधारमा दिल्ली अगाडि छ ।

सोमबारको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनायो । जवाफमा दिल्लीले १९ ओभर दुई बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । दिल्लीको जितमा रिशव पन्तले अविजित ७८ रन बनाए । यस्तै शिखर धवनले ५४ रन बनाए भने पृथ्वी शा ले ४२ रनको योगदान गरे ।

Skip This
Skip This
Logo