२३ वर्षपछि कोलम्बिया कोपा अमेरिकाको फाइनलमा, फाइनलमा मेसी भर्सेज हामेस हुने

२३ वर्षपछि कोलम्बिया कोपा अमेरिकाको फाइनलमा, फाइनलमा मेसी भर्सेज हामेस हुने

केन्द्रबिन्दु
56
Shares

काठमाडाैं । कोपा अमेरिकाको सेमिफाइनलअन्तर्गत आज बिहान भएको दोस्रो खेलमा हामेस रोड्रिग्वेजको कोलम्बियाले लुइस स्वारेजको उरुग्वेलाई १–० गोल अन्तरले हराउदैं २३ वर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । पछिल्लो पटक कोलम्बिया सन् २००१ मा कोपा अमेरिकाको फाइनल खेलेकाे थियो । उक्त फाइनलमा कोलम्बियाले मेक्सिकोलाई १–० गोलले हराउँदै पहिलो र एक मात्र कोपा अमेरिका जितेको थियो ।

२३ वर्षपछि कोपा अमेरिकाको फाइनल पूनरागमन गरेको कोलम्बियाका लागि जेर्फसन लर्माले ३९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । अब उपाधिका लागि कोलम्बियाले आइतबार बिहान पौने छ बजे विश्वविजेता अर्जेन्टिनाको सामना गर्नेछ ।

Logo