यु-१९ क्रिकेटमा नेपालको तेस्रो जित, ओमान १५० रनले पराजित

यु-१९ क्रिकेटमा नेपालको तेस्रो जित, ओमान १५० रनले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालले तेस्रो जित हात पारेको छ । तेस्रो खेलमा नेपाललले ओमानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको हो । सेलंगोर टर्फ क्लबमा भएको खेलमा नेपालले दिएको २३० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले ४४.१ ओभरमा सबै विकेटको क्षतिमा ७९ रन मात्रै बनाउन सक्यो ।

ओमानका लागि दुई खेलाडीले मात्रै दोहोरो अंकको स्कोर बनाउन सके । ओमानका लागि अमानप्रित सिराह र जिल तन्नाले समान १३/१३ रन बनाए । बाँकी ब्याट्सम्यानहरुले दोहोरो रन बनाउन सकेनन् ।

ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन सर्राफले तीन विकेट लिए । त्यस्तै, सूर्य तामाङ र प्रतिश जिसीले दुई विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेटको क्षतिमा २२९ रन बनाएको थियो । कप्तान रोहितकुमार पौडेलले ८१ बलमा ७५ रन बनाएका थिए ।

त्यस्तै, प्रतिश जिसीले २३ बलमा ४१ रन बनाए । त्यस्तै, भीम सार्कीले ३९ रन, अभिषेक बस्नेतले १५ रन बनाएका थिए । नेपालको सुरुवात भने राम्रो हुन सकेन । १२ रन हुँदा ओपनर पवन सर्राफलाई व्यक्तिगत ५ रनमा गुमाएको नेपालले ३३ रन हुँदा दोस्रो विकेटको रुपमा रित गौतमलाई व्यक्तिगत १० रनमा गुमाएको थियो ।

लगतै अभिषेक र सन्दीप जोरा आउट भएपछि नेपाल दबाबमा आएको थियो । रोहितले भीम सार्कीसँग ९३ रनको साझेदारी गरेपछि नेपालको अवस्था सुध्रिएको हो ।

Logo