नेपाल क्रिकेट संघ (क्यान)ले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)ले आज सो विधामा नेपालले ग्लोबल अवार्ड पाएको घोषणा गरेको हो ।
पछिल्लो वर्ष नेपालको फ्यानबेस फेसबुक लगायतका सामाजिक सञ्जालमा ४ सय प्रतिशत भन्दा बढीको पहुँचमा पुगेको छ । जसका कारण नेपाली क्रिकेटको विश्वभर चर्चा भएको थियाे । नेपालसहित ओमान, मेक्सिको, नेदरल्यान्ड्स, युएई र स्कटल्याण्डसहित ६ राष्ट्रले आईसीसी डेभलपमेन्ट अवार्ड प्राप्त गरेको आईसीसीले जनाएको छ ।































प्रतिक्रिया