युएईसँग नेपाल एक रनले पराजित

युएईसँग नेपाल एक रनले पराजित

केन्द्रबिन्दु
0
Shares

यु-१९ विश्वकप छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ। मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा शनिबार बिहान शुरु भएको खेल वर्षाका कारण प्रभावित भएपछि डकवर्थ लुइस मेथडबाट निर्णय भएको हो।

जस अनुसार युएईसँग नेपाल १ रनले पराजित भएको हो । यो पराजयसँगै नेपाल जारी प्रतियोगितामा एक खेलमा जित र एकमा पराजित भएर अंक तालिकाको तेस्रो नम्बरमा रहेको छ। को दोस्रो इनिङमा वर्षा भएको थियो। युएईले नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याइरहेको अवस्थामा खेल प्रभावित भएको थियो। वर्षाले प्रभावित हुन्जेलसम्म मलेसियाले ३ विकेटको क्षतिमा १२२ रन बनाएको थियो।

टस हार‍ेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनाएको थियो।

Logo