काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत दिल्ली डेयर डेभिल्सले कोलाकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गरिरहेको छ । कोलकाताको मैदानमा भईरहेको खेलमा दिल्लीले टस जितेर पहिला बलिङ गरेको छ ।
यो खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने दिल्लीको टोलीमा छैनन्। दिल्लीका कप्तान श्रेयस अयरले सन्दीपको स्थानमा किमो पललाई टिममा राखेका छन् । ६ खेलपछि कोलकाताको ८ र दिल्लीको ६ अंक छ।
लगातार चौथो खेलपछि सन्दीप दिल्लीको टिमबाट बाहिर आएका हुन् । आईपिएलको यो सिजन सन्दीपले चार खेलमा पाँच विकेट लिएका छन्।





























प्रतिक्रिया