श्रीलंकाविरुद्धको पहिलो टी २० आईमा भारत विजयी

श्रीलंकाविरुद्धको पहिलो टी २० आईमा भारत विजयी

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । श्रीलंकाविरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रियमा भारतले श्रीलंकालाई ४३ रनले पराजित गरेको छ । यस जितसँगै भ्रमण टोलीले ३ खेलको टी-२० आई सिरिजमा १-० को अग्रता बनाएको छ ।

भारतको जितमा कप्तान सूर्यकुमार यादलले टी-२० आईमा सबैभन्दा बढी म्यान अफ दी म्याच बन्ने खेलाडीको कीर्तिमान समेत बराबर गरे । पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा श्रीलंकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो । सुरुवाती ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो ।

जवाफमा भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभर २ बलमा १ सय ७० रन मा अलआउट भयो । श्रीलंकाका लागि ओपनर पथुम निशंकाले सर्वाधिक ७९ रन बनाए । ओपनर कुशल मेन्डिसले ४५ रनको योगदान दिएका थिए । दुई टोलीबीचको दोस्रो खेल आज र तेस्रो खेल मंगलबार खेलिने छ । त्यसपछि दुवै देशले ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने छन् ।

Logo