सिभाली गुरुङले मलेसियामा यु–१४ ग्रेड ए टुर्नामेन्ट खेल्ने

सिभाली गुरुङले मलेसियामा यु–१४ ग्रेड ए टुर्नामेन्ट खेल्ने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय टेनिस फेडरेसन आइटीएफ र एसियन टेनिस फेडरेसन एटिफको आयोजनामा मलेसियामा आयोजना हुन लागेको आइटीएफ एटिएफ यू–१४ रिजनल ट्रेनिङ क्याम्पमा नेपालका २ जना खेलाडीले सहभागीता जनाउने भएका छन् ।

नेपालबाट शिभाली गुरुङ उक्त ट्रेनिङ क्याम्पका लागि आइतबार राति मलेसिया जाने भएकी छिन् । उनलाई नेपाल टेनिस संघका महासचिव मनोहर दास मुलले एक कार्यक्रमकाबीच विदाई गरका छन् । सिभालीसँगै उनका बुवा सिमान्त गुरुङ पनि मलेसिया जाने छन् ।

सिभालीले जुलाई ३० देखि अगष्ट ३ सम्मको प्रशिक्षणपछि अगष्ट ५ देखि १० सम्म आयोजना हुने एटिफ यु १४ ग्रेड ए टुर्नामेन्ट पनि खेल्ने नेपाल टेनिस संघले जनाएको छ । सिभाली मण्डिखाटार टेनिसको उत्पादन हुन् । खेलाडीको खाना, आवास लगायत हवाई टिकट पनि आयोजकले उपलव्ध गराएको छ ।

Skip This
Skip This
Logo