भारतले जित्यो काभा महिला भलिबलको उपाधि, नेपाल फेरि पनि स्तब्ध

भारतले जित्यो काभा महिला भलिबलको उपाधि, नेपाल फेरि पनि स्तब्ध

केन्द्रबिन्दु
69
Shares

भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलको उपाधि जितेको छ । कभर्डहलमा मङ्गलबार भएको फाइनल खेलमा घरेलु टोली नेपालमाथि ३-२ सेटको रोमाञ्चक जित दर्ता गर्दै भारत च्याम्पियन बनेको हो ।

खेलको पहिलो सेट नेपालले जित्यो । करिब ३० मिनेट चलेक उक्त सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा पार्‍यो । निकै प्रतिस्पर्धात्मक बनेको सेट २१–२३ को स्थितिलाई सुधार्दै नेपालले २३–२३ को बराबरीमा ल्यायो । त्यसपछि नेपालले लगतार दुई अङ्क बटुल्दै पहिलो सेट जित्न सफल भयो ।

खेलको दोस्रो सेट भने नेपालले गुमायो । करिब २१ मिनेट चलेको सेटमा भारतले नेपालविरुद्ध २५–१४ को जित निकाल्यो । खेलको तेस्रो सेटको सुरुआत राम्रो गरेको नेपालले सुरुमा ३–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको सेट नेपालले २५–२२ ले जित्यो । खेलको चौथो सेटमा भारतले खेलमा पुनरागमन गर्दै २५–२१ ले आफ्नो पक्षमा पार्‍यो ।

तर अन्तिम तगा निर्णायक सेटमा नेपालको प्रदर्शन सम्झनलायक रहेन । १५-५ मै नेपाल सिमित रहँदा भारतले तेस्रोपटक उपाधि उचाल्यो । यसअघि सन् २०२३ को काभाको फाइनल भारतले जितेको थियो ।

नेपालले समूह चरणमा भारतविरुद्ध जित निकालेको थियो । जुन जित नेपालको भलिबल इतिहासमा पहिलो जित थियो। तर, त्यो लय आज रहेन । नेपालले यसअघि सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभमा फाइनलमा हार बेहोरेको थियो । फाइनलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति थियो ।

Skip This
Skip This
Logo