काठमाडौँ । यूईएफए सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । स्पानिस जायन्ट रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई २-० ले पराजित गर्दै यूईएफए सुपर कपको उपाधि जितेको हो ।
गएराति पोल्याण्ड वार्सा नेसनल स्टेडियममा भएको खेलमा रियलका लागि फेडरिक भेलभेर्डले र केलियन एमबाप्पेले एक-एक गोल गरेका थिए । खेलको ५८औँ मिनेटमा फेडरिकले भिनिसियस जुनियरको पासमा गोल गरेका थिए । ६८औँ मिनेटमा फेरि एमबाप्पेले जुड बेलिङघमको पासमा गोल गरेका थिए ।
योसँगै अब रियल सर्वाधिक यूईएफए सुपर कप जित्ने टिम बनेको छ । रियलले यसअघि सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा पनि यूईएफए सुपर कपको उपाधि जितेको थियो ।
प्रतिक्रिया