बागमती सरकारले खेलाडीलाई २ वर्षअघि घोषणा गरेको पुरस्कार दिएन

बागमती सरकारले खेलाडीलाई २ वर्षअघि घोषणा गरेको पुरस्कार दिएन

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । तत्कालीन खेलकुदमन्त्री रन्तप्रसाद ढकालले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट विभिन्न पदक प्राप्त खेलाडीहरूलाई पुरस्कार दिइने भनेर घोषणा गरेको २ वर्ष समय पुग्दा पनि पुरस्कार नदिएको विषयप्रति नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । संघका अध्यक्ष दीपक श्रेष्ठसहितका टोलीले बिहीबार मन्त्री महर्जनलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

तत्कालीन खेलकुदमन्त्री रत्नप्रसाद ढकालको उपस्थितिमा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको ७ पुस २०७९ मा बसेको बोर्ड बैठकले नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो । २०७९ सालको कार्तिक महिनामा सम्पन्न भएको खेलकुद प्रतियोगितामा बागमती प्रदेशबाट प्रतिनिधित्व गरी स्वर्ण, रजत तथा कास्य पदक प्राप्त गरेका खेलाडीहरूलाई प्रोत्साहन स्वरूप प्रदेशबाट नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा भएको थियो । प्रतियोगितामा बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ वटा कास्य पदक जितेको थियो । पुरस्कारमा स्वर्ण पदक विजेतालाई १ लाख, रजत पदक विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजार पुरस्कार रहेको थियो ।

खेलाडीहरूले २ करोड २४ लाख रुपैयाँ पुरस्कार रकम माग गरेका छन् ।

Logo