काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेको छ । सोमबार एक समारोहका बीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेका हुन् ।
१५ मंसिरदेखि ६ पुससम्म प्रतियोगिता हुने मिति तय गरेको क्यानले फ्रेन्चाइज टिम किन्न टेन्डर आह्वान गरेको छ । यसअघि सोही प्रकृतिको नेपाल टी–२० लिग आयोजना गरेको भए पनि विवादित भएको थियो । आयोजनाको जिम्मेवारी पाएको भारतीय कम्पनी भागेपछि अहिलेसम्म विजेता टिमले पुरस्कार पाएको छैन ।
त्यसपछि आएको क्यानको नेतृत्वले नयाँ प्रतियोगिता घोषणा गरेको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सोमबार एनपीएलको लोगो र खेल तालिका घोषणा गरेका हुन् ।
प्रतिक्रिया