काठमाडौं । काठमाडौं विद्याकुञ्ज स्कुल (केभीकेएसएस) र स्वर्णदीपले १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेका छन् ।
केभीकेएसएस सिनियर गल्र्स र स्वर्णदीपले जुनियर ब्वाइजमा सफलता केभीकेएसएसले बसुन्धरा नेसनल एकेडेभी (बीएनए) लाई २४–१९ ले पराजित गरेको हो ।
केभीकेएसएसका लागि अनुशा गुरुङले १३ अंक जोडिन् । स्वर्णदीपले एचएचसीएलाई १६–१४ ले हरायो । स्वर्णदीपका मनीष मगरले ६ अंक जोडे । सिनियर गल्र्समा इडेन ब्रिज एकेडेमी (इबीए) ले प्रारम्भावलाई ३०–२५ तथा पारामाउन्टले संस्कृति शिक्षा सदनलाई २२–१८ ले पाखा लगाए । इबीएकी अम्बिा पटेलले १० तथा पारामाउन्टकी एलिना राईले ६ स्कोर गरे ।
जुनियर ब्वाइजमा नव ज्ञानभूमिले ज्ञान संस्कारलाई १९–१६, लालीगुराँस नेसनल एकेडेमीले ग्रिनफिल्डलाई ३१–१८ र सेबले संस्कारलाई ३७–२७ ले पन्छाए । नव ज्ञानभूमिका निकेश खड्काले १०, लालीगुराँसका रोहित गुरुङले १३ र सेबका उविन
तामाङले १० स्कोर गरे ।
सिनियर ब्वाइजमा शुभकामनाले हिमालयलाई ३३–२३, गोल्डेनपिकले आयोजक ग्रिनल्यान्ड ‘ए’ लाई ४५–४२ र स्कोलर्स होमले बीएएसलाई २९–२२ पराजित गरे । शुभकामनाका विमल सिर्पालीले १८, गोल्डेनपिकका विजय तामाङले १३ र स्कोलर्स होमका दिपोन मगरले १५ अंक बटुले ।
कन्स्टिलेसन फाइनलमा
आयोजक कन्स्टिलेसन कलेज प्रथम कथालय÷कन्स्टिलेसन कप यु–१९ बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगमा कन्स्टिलेसनले पोखराको अमिसीलाई ३८–२८ ले पराजित गर्यो । चार टिम सहभागी राउन्ड रोविन लिगमा कन्स्टिलेसन शत प्रतिशत जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । विजयी टिमका लागि डोमा तामाङले ८ अंक जोडिन् ।
बुधबार हुने गोल्डेनगेट र अमिसीबीचको खेलले फाइनल पुग्ने अर्को प्रतिद्वन्द्वीको टुंगो लाग्ने छ । गोल्डेनगेटले उक्त खेल जितेमा फाइनलमा पुग्ने छ । गोल्डेनगेटले हार व्यहोर्दा अमिसी र बलर्स एकेडेमीबीचको स्कोर अन्तरबाट फाइनल पुग्ने टोलीको तय हुनेछ ।
ब्वाइजमा सीसीआरसी र कन्स्टिलेसन सेमिफाइनलमा पुगे । सीसीआरसीले मनास्लुलाई ५४–४५ ले हरायो । सीसीआरसीको जितमा तेन्जिङ शेर्पाले १३ अंक योगदान गरे । सिमोन गुरुङको १६ अंक सहयोगथमा कन्स्टिलेसनले नागर्जुन एनजेवाइएसलाई ६५–३८ ले पाखा लगायो ।
बाँकी दुई सेमिफाइनल बुधबार हुनेछ । वर्षका कारण मंगलबारको खेल विशाल मिलन केन्द्रको कोर्टमा नभइ भंगालस्थित भ्याली पब्लिक स्कुलको इन्डोर हलमा खेलाइएको थियो ।
प्रतिक्रिया