गण्डकी । १९औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुन ३ गते हुने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले पत्रकार भेटघाटमार्फत उक्त जानकारी दिएको हो ।
यो संस्करणमा २१ किमिको पुरुष म्याराथन थपिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए । विसं २०५८ मा स्थापित उक्त संस्थाले बर्सेनि अन्तरराष्ट्रियस्तरको म्याराथन प्रतियोगिता गर्दै आएको छ ।
‘स्वास्थ्यका लागि, पोखराका लागि’ आदर्श वाक्यसहित हुँदै आएको उक्त प्रतियोगिताको गत १८औँ संस्करणमा रु ७५ लाख २४ हजार आम्दानी र रु ७१ लाख ५२ हजार खर्च भई रु तीन लाख ७२ हजार बचत भएको सो अवसरमा जानकारी दिइयो ।
आगामी १९औँ संस्करणमा कूल नगद पुरस्कार रु २१ लाख ३४ हजार प्रस्ताव गरिएको मञ्चले जनाएको छ ।
प्रतिक्रिया