एन्फाका महासचिवको तलब बढेर २ लाख ६८ हजार पुग्यो, खेलाडीको १८ बाट ३० हजार

एन्फाका महासचिवको तलब बढेर २ लाख ६८ हजार पुग्यो, खेलाडीको १८ बाट ३० हजार

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाको मंगलबार बसेको कार्यसमिति बैठकले महासचिव किरण राईको तलबमा बृद्धि गरेको छ । हाल १ लाख २० हजार तलब पाउँदै आएका महासचिव राईले अब २ लाख ६८ हजार तलब पाउने भएका हुन् ।

आज बसेको कार्य समिति बैठकमा कार्यसमितिका २१ सदस्यमध्ये ९ जनाले त्यसको विरोध जनाएका थिए । तर बैठकले खेलाडीको तलब भने १८ हजारबाट बढाएर ३० हजार बनाउने निर्णय गरेको छ । यो तलब महिला र पुरुष खेलाडीलाई समान हो । खेलाडीहरूले अहिलेसम्म १८ हजार रुपैयाँ मासिक तलब पाउँदै आएका थिए ।

Logo