विराटनगर । साफ महिला फुटबल च्याम्पियनसिपमा शुक्रबार नेपालले उपाधीको लागि भारतसँग भिड्दैंछ । दुवै टिमले उपाधी आफुले जित्दे दाबी गर्दै आएका छन् ।
घरेलु मैदान विराटनगरस्थित शहीद रंगशालामा खेल हुने हुँदा नेपाल यो पटक उपाधी घरमै सुरक्षित राख्ने दाउँमा छ । फाईनल खेल अघि नेपाली महिला फुटबल टोलीले विराटनगरमा विराटेश्वर विद्याआश्रममा रहेका वृद्धवृद्धासँगै होली खेलेका छन् । होली खेल्दैं उनीहरुसँग आशिर्वाद लिए ।
उनीहरुले वृद्धा आश्रममा रहेका वृद्धवृद्धालाई फलफूल र जुस वितरण गरेका थिए भने वृद्धवृद्धाहरुले नेपाली टोलीलाई आशिर्वाद दिएका थिए।
यसअघि बुधबार सेमिफाइनलमा श्रीलंकालाई ४–० ले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेका थिए। त्यस्तै बंगलादेशलाई हराउँदैं भारतले नेपालसँगको फाईनल भिडन्त पक्का गरेको थियो ।





























प्रतिक्रिया