मुलपानी क्रिकेट रंगशाला २ वर्षभित्र बन्ने (भिडियोमा)

मुलपानी क्रिकेट रंगशाला २ वर्षभित्र बन्ने (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

सरकारले २ वर्षभित्र काठमाडौंको मूलपानीमा ‘अन्तराष्ट्रिय क्रिकेट मैदान’ निर्माण कार्य सम्पन्न गर्ने तयारी गरेको छ ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले काठमाडौंको मूलपानीमा निर्माण कार्य अघि बढाइएको अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माणका कार्य २ वर्ष भित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाएका हुन् ।

आईतबार आफ्नो एक वर्षे कार्यकालको प्रमुख उपलब्धिहरुबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक खेल पूर्वाधार निर्माण कार्य तीव्र गतिका साथ अघि बढाइएको पनि बताए ।  त्यसैगरी सरकारले सबै स्थानीय तहमा १/१ वटा दीर्घकालीन महत्वका खेलग्राम निर्माणका लागि स्थानीय तह खेल पूर्वाधार निर्माण कार्यविधि मन्त्रीपरिषदबाट स्विकृत भई कार्यान्वयनमा ल्याइएको पनि दावी गरे ।

मन्त्री विश्वकर्माले प्रदेश ५ को नेपालगंज लगायतका जिल्लामा आयोजना हुने ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितासँग सम्बन्धित खेलका पूर्वाधार निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको पनि स्पष्ट पारेका छन् । युवा तथा खेलकुद मन्त्रालयले पर्यटकीय खेल गन्तव्यहरुको पहिचान गरी आवश्यक पूर्वाधार निर्माण तथा उच्च धरातलीय खेलकुद प्रशिक्षण केन्द्र स्थापनाको कार्य पनि सुरु गरेको छ ।

मन्त्री विश्वकर्माले खेल क्षेत्रको माध्यामबाट नेपालको अर्थतन्त्रमा टेवा पुर्याउन साहसिक तथा पर्यटकीय खेल गन्तव्यहरुको पहिचानका लागि आवश्यक पहलकदमी लिन सो प्रशिक्षण केन्द्र स्थापनाको कामलाई अघि बढाइएको पनि बताए ।

मन्त्री विश्वकर्माले चालू आर्थिक वर्ष भित्रै देशका विभिन्न भागमा ६ वटा रंगशाला, १९ वटा कभर्ड हल, ७ वटा क्रिकेट मैदान र विभिन्न ९० स्थानमा स्थानीय खेल मैदान निर्माण कार्यलाई तीव्रता दिने योजना पनि बनाइएको बताए ।

Skip This
Skip This
Logo