साफ च्याम्पियनसिपः नेपालको विजयी सुरुवात

साफ च्याम्पियनसिपः नेपालको विजयी सुरुवात

केन्द्रबिन्दु
0
Shares

साफ महिला च्याम्पियनसिपमा नेपालले बिजयी सुरुवात गरेको छ। विराटनगरको शहिद रंगशालामा भएकाे खेलमा नेपालले भुटानलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

नेपालले १६ मिनेटमा नै दुई गोल गर्न सफल भयो । नेपालका लागि मञ्जली कुमारी योञ्जनले डिबक्स भित्रबाट गोल गर्न सफल भइन । त्यसको तीन मिनेटपछि नेपालले अन्तर दुई शुन्यमा पुर्यायो । यसपटक नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन । यो सावित्राको यो २३ औं अन्तराष्ट्रिय गोल हो । ५४ औं मिनेटमा अनिता बस्नेतको सहयोगमा सावित्रा भण्डारीले हेडबाट आएको बललाई निरु थापाले गोल गरिन् ।

खेलमा नेपाललाई धेरै पटक मौका जुरेको भए पनि सदुपयोग गर्न सकेन ।  अब नेपालले समुहको दोस्रो खेलमा विहिबाट बंगलादेशसँग खेल्ने छ ।

Logo