चितवन । एभरेस्ट महिला भलिबल लिग (ईडब्ल्यूभीएल)को टिम चितवन शक्तिले असोज ७ गते चितवनमा ट्यालेन्ट हन्ट गर्ने भएको छ । चितवन शक्तिले चितवन वडा नम्बर २२ पटहिनी कर्भड हलमा बिहान १० बजेदेखि ५ बजेसम्म छनोट कार्यक्रम गर्ने बताइएको छ ।
छनोटका लागि चितवन शक्तिका प्रमुख प्रशिक्षक रहेका अर्जुन घिमिरे र चितवन शक्तिकी मार्की प्लेअर तथा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले निर्णायकको भूमिका खेल्नेछन् ।
खेलाडीले चितवन शक्तिले गर्न लागेको छनोट कार्यक्रमका लागि दर्ता गर्न चितवनको स्थानीय बासिन्दा हुनुपर्नेछ । कुनै पनि उमेरको हदबन्दी नभएको महिला खेलाडी हुनु पर्ने तथा खेलाडीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी नभएको हुनु पर्ने मापदण्ड छ ।
खेलाडीले असोज १४ देखि १९ गतेसम्म चितवन शक्तिको टिममा रही पहिलो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिग खेल्ने अवसर प्राप्त गर्नेछन् ।





























प्रतिक्रिया