काठमाडौँ । आईसीसी विश्वकप लिग २ मा ओमानसँग हारका बाबजुद गुलशन झाले प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । खेलमा आक्रामक ब्याटिङ र बलिङ गरेका कारण प्लेयर अफ द म्यायको अवार्ड जितेका हुन् ।
खेलमा नेपाल एक विकेटले पराजित भएको थियो । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । गुलशनले १० ओभरमा २ मेडनसहित ४७ रन खर्चेर ५ विकेट लिएका थिए ।
झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको महत्त्वपूर्ण इनिङ खेलेका थिए । उनले ४६ औँ ओभरमा ओमानका कप्तान अकिब इलियासलाई समान दुई चौका र छक्कासहित २३ रन प्रहार गरेका थिए ।































प्रतिक्रिया