कुस्तीको अन्तर्राष्ट्रिय संस्थाद्धारा भारतमाथि प्रतिबन्ध

कुस्तीको अन्तर्राष्ट्रिय संस्थाद्धारा भारतमाथि प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कुस्तीको अन्तर्राष्ट्रिय संस्था युनाइटेड वर्ल्ड रेस्लिङ (यू डब्ल्यू डब्ल्यू) ले भारतसँगको सम्बन्ध तोड्ने घोषणा गरेको छ । उसले सम्बद्ध सबै सदस्य राष्ट्रहरुलाई भारतीय रेसलिङ फेडरेसन (डब्ल्यू डब्ल्यू एफ आई) सँग सम्वाद र सम्बन्ध तोड्न निर्देशन दिएको हो ।

साथै भारतलाई ओलम्पिक वा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नदिन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) मा सिफारिस समेत गरेको छ ।

हालै नयाँदिल्लीमा आयोजित सुटिङ वर्ल्ड कप प्रतियोगितामा पाकिस्तानी खेलाडीलाई भारतले भिसा नदिएको भन्दै यू डब्ल्यू डब्ल्यूले यस्तो कदम चालेको हो । गत १४ फेब्रुअरीमा काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणपछि पाकिस्तानका सुटिङ खेलाडीहरुलाई भिसा दिएको थिएन् ।

भिसा प्रकरणपछि आईओसीले पुरुष २५ मिटर र्‍यापिड फायर पिस्तोल इभेन्टका दुई वटा ओलम्पिक कोटा रद्द गरिदिएको थियो ।

Skip This
Skip This
Logo