काठमाडौँ । आठौँ क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको संयुक्त आयोजनामा असोज ९ गतेदेखि पोखरा नदीपुरको छन्त्याल खेलमैदानमा सञ्चालित प्रतियोगिता पुरुषतर्फ गल्कोट स्पोर्टस् क्लब, वागलुङ र महिलातर्फ धादिङ स्पोर्टस् क्लब, धादिङले उपाधि हात पारेको छ ।
पुरुषतर्फ एपीएफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै गलकोटले उपाधि जित्न सफल भयो । गलकोटले एपीएफलाई २५– १९, २५–२० र २५–२२ ले पराजित गर्यो । गलकोटले उपाधिसँगै एक लाख ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त पायो । उपविजेतामा बनेको एपीएफ पोखरा ८० हजारमा चित्त बुझाउनुपर्यो ।
विधागततर्फ उत्कृष्ट सेटर सुजन चोखाल, डिफेन्डर विक्रम भुजेल, स्पाइकर सुरेन्द्र केसी, ब्लकर इन्दु विक, उदयमान सरोज वर्देवा, प्रशिक्षक सुरेन्द्र केसी बन्दा सन्तोष विक सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए । महिलातर्फ नदीपुर पोखरालाई ३–१ ले पराजित गर्दै धादिङ स्पोट्सले उपाधि हात पार्यो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको धादिङले दोस्रो २६–२८ ले नदिपुरलाई सुम्पिएको थियो ।
तेस्रो सेट २५–२० र चौथो सेट २५–२१ ले पुनरागमन गर्दै धादिङले उपाधि रक्षा गर्यो । उपाधिसँगै धादिङले नगद ५० प्राप्त गर्यो । फाइलनमा पराजित भएको नदीपुरले ३५ हजारमा चित्त बुझायो ।
विधागतर्फ उत्कृष्ट सेटर पूर्णकला खत्री, स्पाइकर पुनम सुनारी, ब्लकर अनिशा रोकामगर, डिफेन्टर सलिना गुरुङ, उदयमान जमुना गुरुङ, प्रशिक्षक विरु लामा बन्दा, निरुता शाही ठकुरी सर्वोत्कृष्ट खेलाडी बनिन् ।
प्रतिक्रिया