आईसीसी टी (२०) महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालले आफ्नो अन्तिम खेलमा कुबेतलाई ३० रनको जित निकालेको छ ।
थाइल्यान्डको बैंककमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११६ रन बनाएको थियो। जवाफि ब्याटिङमा उत्रीएको कुबेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८६ रन बनाउन सक्यो । नेपालका लागि ब्याटिङ तर्फ
काजल श्रेष्ठले १८, नारी थापा १९,इन्दु बर्मा र रोमा थापाले समान ७, सरिता मगर र सिता राना मगरले कुनै अंक जोड्न सकेनन् । त्यस्तै कप्तान रुबिना क्षेत्रीले २२ र बिन्दु रावलले नट आउट २८ बनईन ।
त्यस्तै बलिङतर्फ ओभर ह्याट्रीक गर्दै करुणा भण्डारीले ३,रुबिना क्षेत्रीले ह्याट्रीक गर्दै ३,नारी थापाले १ र कविता कुँवरले १ बिकेट लिन सफल भए । कप्तान रुबिना क्षेत्रीले ४ ओभर बलिङ गर्दै १७ रन खर्चिएर ह्याट्रीक गर्न सफल भएकी हुन् । उनले आफ्नो चौथो ओभर तथा खेलको अन्तिम ओभरमा उक्त उपलब्धी हात पारेकी हुन् ।
त्यस्तै अर्की बलर करुणा भणडारीले पनि आजको खेलमा ओभर ह्याट्रीक गरेकी छिन् । उनले ४ ओभर बलिङ गर्दै १२ रन दिएर ३ बिकेट लिएकी थिईन् । यो सँगसँगै समुह चरणको अन्तिम खेलमा ३० रनको जित दर्ता गराउन सफल भएको छ ।
यो सँगसँगै नेपाल दोश्रो स्थानमा रहेको युएईलाई रनरेटका आधारमा पछि पार्दै अंकतालिकाको दोश्रो स्थानमा उक्लिएको छ ।































प्रतिक्रिया