डीपीएलमा कुन खेलाडीले के जिते ?

डीपीएलमा कुन खेलाडीले के जिते ?

केन्द्रबिन्दु
0
Shares

धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि सिवाईसी अत्तरीयाले हात पारेको छ। पहिलो पटक फाइनलमा पुगेको अत्तरीयाले महेन्द्रनगरलाई तीन विकेटले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

खेलमा अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरी धनगढी प्रिमियर लिगको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयर चुनिएका छन्  । दिपेन्द्रले गोल्डेन शु (सुनको जुत्ता) हात पारेका छन ।

यस्तै अत्तरियाकै सन्नी पटेल प्लेयर अफ दि सिरिज चुनिएका छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान सन्नी पटेल चुनिदा उत्कृष्ट बलर अत्तरियाकै भुवन कार्की घोषित भए ।

फाप्ला मैदानमा महेन्द्रनगरले टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर २० ओभरमा एक सय २३ रनमा अलआउट भयो । जवाफमा अत्तरीयाले १९ ओभर चार बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । अत्तरीयाको जितमा विदेशी खेलाडी सन्नी पटेलले उत्कृष्ट प्रदर्शन गरे ।

Logo