काठमाडौँ । अमेरिकाविरुद्धको ३ खेलको टी ट्वान्टी सिरिजको दोस्रो खेलमा नेपालका कुशल भुर्तेलले शानदार ब्याटिङ गर्दै अर्धशतक बनाएका छन् ।
भुर्तेलले ५४ बलमा नट आउट रहँदै ७ चौका र ६ छक्का प्रहार गरी सर्वाधिक ९२ रन बनाएका हुन् ।
अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले अमेरिकालाईे १७१ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रनको बनाएको हो ।





























प्रतिक्रिया