आइसीसी टी–२० र एकदिवसिय विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा थाइल्याण्डले नेपाललाई १२५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर एक सय २४ रन बनाएको हो । उसले बलियो सुरुवात गर्दै पहिलो विकेटका लागि ३७ रनको साझेदारी गर्यो । उसकी ओपनर नाइमुइ चेइवइ ३२ रनमा आउट भएपछि नेपाललाई पहिलो सफलता मिल्यो । त्यसको लगत्तै अर्की खेलाडी चान्तम पनि मात्र ५ रनमा पेभेलियन फर्किएपनि नेपालले दोस्रो विकेट लिन सफल भयो ।
त्यसपछि थाइल्याण्डको स्कोर ६३ रन हुँदा नेपाललाई तेस्रो सफलता मिल्यो । १६ रन बनाएर खेलिरहेकी बोचाथम १२ रनमा नेरीले आउट गरिन । नेपालका लागि कविता कुवँरले एकै ओभरमा दुई विकेट लिएपछि थाइल्याण्डले ९८ रनमा पाँच विकेट गुमायो । उसका लागि चनीदा सुथिरुंगाले ३५ रन बनाइन । यस्तै वोङपाकाले २८ रनको योगदान गरिन ।
बलिङमा नेपाली कप्तान रुवीना क्षेत्रीले दुई विकेट लिइन । त्यस्तै नेरी थापा, कविता कुवँर तथा रुवीना क्षेत्रीले दुई दुई विकेट लिइन भने करुणा भण्डारीले एक विकेट लिइन् ।































प्रतिक्रिया