विनिता राईले जितिन् प्रो कार्ड, बडी बिल्डिङको ओलम्पियाका लागि छनोट

विनिता राईले जितिन् प्रो कार्ड, बडी बिल्डिङको ओलम्पियाका लागि छनोट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालकी विनिता राईले आईएफबीबी प्रो कार्ड जित्दै बडी बिल्डिङको ओलम्पियाका लागि छनोट भएकी छिन् । उनले महिला फिजिक्स विधामा प्रो कार्ड जित्दैं सेप्टेम्बरमा अमेरिकाको लसभेगासमा आयोजना हुने बडी बिल्डिङको ओलम्पिया खेल्नका लागि छनोट भएकी हुन् ।

एक पटक प्रो कार्ड जितेपछि ओलम्पियाको एमेच्योर र आनोल्ड क्लासिक खेलेपछि मिस्टर ओलम्पिया खेल्न पाइने आईएफबीबीको नियम छ ।

झापामा जन्मिएर अहिले ललितपुरको भैँसेपाटीमा बस्दै आएकी ३६ वर्षीया विनिताले ४ वर्षदेखि जिममा लागेको बताइन् । उनले तेस्रो प्रतियोगितामा अन्य प्रतिस्पर्धी नभएपछि स्वतः प्रो कार्ड पाएकी हुन् ।

आईएफबी प्रो लिग अन्तर्गत काठमाडौंमा ४ वटा प्रो कार्डका लागि खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । विभिन्न तौल समूहमा भएको प्रतस्पिर्धाका स्वर्ण पदक जितेकाहरुका बीचमा प्रो कार्ड भिडन्त भएको थियो ।

जसमा ओभरअलमा इंग्ल्याण्डका जोनी डो रिगो प्रो कार्ड जित्न सफल भए । यसैगरी मेन्स फिजिक्समा भारतका सुब्रत सिंहले प्रो कार्ड जित्दा क्लासिक फिजिक्समा सिरियाका अद्रि हुसेनले जिते ।

कार्यक्रममा हटकेकका रुपमा रहेका रोली विंक्लारले गेस्ट पोज दिएका थिए । नेदरल्याण्डका विंक्लार आर्नोल्ड क्लासिकका विजेता हुन् । उनले स्टेजमा पोज दिनुका साथै दर्शकहरुसँग सेल्फी खिचाएर कार्यक्रमको हौसला बढाएका थिए ।

Logo