काठमाडौँ महानगरले टुँडिखेल, चाबहिल र सानो गौचरनमा नेपाल र बंगलादेशबीचको खेल देखाउने

काठमाडौँ महानगरले टुँडिखेल, चाबहिल र सानो गौचरनमा नेपाल र बंगलादेशबीचको खेल देखाउने

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज हुने नेपाल र बंगालादेशबीचको खेल काठमाडौँ महानगरपालिकाले तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

खेल हेर्न धेरै दर्शकहरूलाई चाहना भए पनि खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन हुने भन्दै महानगरले लागि टुँडिखेल, चाबहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट देखाउने जनाएको हो ।

खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान महानगरले फुटबल खेलप्रेमी दर्शकहरूलाई अनुरोध गरेको छ ।

Skip This
Skip This
Logo