काठमाडौं । द हङकङ सिक्सेस प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियलाई ११ रनले हराएको हो । यो जितसँगै नेपाल समूह विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।
नेपालले प्रस्तुत गरेको १ सय १२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले १ सय रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका लागि ज्याक वुडले सर्वाधिक ५० रन बनाए। उनले मात्र १२ बलमा ३ चौका र ६ छक्का प्रहार गरे ।
एलेक्स रसले १४ रन जोडे। नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए। उनले २ ओभरमा मात्र २४ रन खर्चिए । त्यस्तै, लोकेश बम र विवेक यादवले १ विकेट लिए । पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा २ विकेटको क्षतिमा १ सय ११ रन बनाएको थियो ।
टोलीका लागि कप्तान सन्दीप जोराले सर्वाधिक ५१ रनको योगदान दिए। उनले मात्र १६ बलमा ५ चौका र ५ छक्का प्रहार गरे ।त्यस्तै, लोकेश बमले १३ बलमा ३३ रन जोडे । उनले ३ चौका र ३ छक्का हिर्काए । विवेक यादव र रासिद खानले १२-१२ रन बनाए। अस्ट्रेलियाका लागि दुवै विकेट ज्याक वुडले लिए ।





























प्रतिक्रिया