काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा पाकिस्तानमाथि रोमाञ्चक जित दर्ता गरेको छ । आज भएको खेलमा पाकिस्तानमाथि अष्ट्रेलियाले २ विकेटको जित निकालेको हो । यससँगै अष्ट्रेलियाले सिरिजमा अग्रता कायम गरेको छ ।
मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको २०४ रनको विजयी लक्ष्य अष्ट्रेलियाले ३३.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको हो । लक्ष्य सामान्य रहेपनि जितका लागि अष्ट्रेलियालाई अन्तिम समयसम्म धौधौ परेको थियो । अष्ट्रेलियाका लागि जोश इंग्लिसले सर्वाधिक ४९ रनको योगदान गरे । यस्तै, स्टीभ स्मिथले ४४ रन बनाए भने जेक फ्रेजर-म्याकगुर्क र मार्नुस लाबुसचेनले समान १६१६ रन जोडे । कप्तान प्याट कमिन्स ३२ रन बनाउँदै नटआउट रहे ।





























प्रतिक्रिया