डीपीएल क्रिकेटमा आज २ खेल हुँदैं

डीपीएल क्रिकेटमा आज २ खेल हुँदैं

केन्द्रबिन्दु
0
Shares

धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । ड्रिम फाप्ला क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा धनगढी स्टार्सले सीवाईसी अत्तरियासँग प्रतिस्पर्धा गर्दैछ ।

बिहान ९ बजे सुरु हुने खेलमा दुवै टिम जित्ने लक्ष्यमा रहेका छन् । धनगढीले आफ्नो उद्घाटन खेलमा काठमाडौं गोल्डेन्ससँग चार विकेटको हार व्यहोरेको थियो । यो धनगढीको लागि दोस्रो खेल हो । यता, अत्तरियाको लागि भने यो पहिलो खेल हो ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो एक बजे सुरु हुनेछ । विराटनगरको यो पहिलो खेल हो भने रुपन्देहीको यो दोस्रो खेल हो । पहिलो खेलमा रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई दुई रनले पराजित गरेको थियो ।

सर्वाधिक पुरस्कार राशिको डीपपीएल विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउने छन् ।

Logo