लुम्बिनी लायन्सको ब्राण्ड एम्बेस्डरमा महानायक राजेश हमाल नियुक्त

लुम्बिनी लायन्सको ब्राण्ड एम्बेस्डरमा महानायक राजेश हमाल नियुक्त

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । लुम्बिनी लायन्सले नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई आफ्नो टोलीको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।

स्वामित्व फर्चुन हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको लुम्बिनीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हमाललाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको जनाएको हो ।

हमालले लुम्बिनीसँग आवद्ध हुन पाउँदा निकै खुशी लागेको उल्लेख गर्दै लुम्बिनीले यस सिजनमा राम्रो प्रदर्शन गर्ने आशा रहेको बताए । उनले भने, ‘नेपाल क्रिकेट एकतावद्ध भएर लागेकोमा खुसी लागेको छ । सबै पदाधिकारीहरुलाई समेत धन्यावाद दिन चाहन्छु । सबै टिमहरुलाई सफलताको शुभकामना समेत दिन चाहन्छु । अब हेरौँ लायनले कत्तिको रोयर गर्छ, लायनसँग जोडिन पाउँदा एकदम खुसी छु ।’

यसैगरी लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले हमाललाई स्वागत गर्दै भने, “चलचित्र जगतको ‘लायन’लाई लुम्बिनी लायन्समा भित्र्याउन पाउँदा हामी निकै खुसी छौँ । हाम्रो लक्ष्य भनेको लुम्बिनी लायन्सलाई समग्र रुपमा एनपीएलको उत्कृष्ट टिम बनाउने हो र उहाँको आगमनले हाम्रो त्यही लक्ष्यतर्फको पाइलालाई झनै बलियो बनाएको छ । लुम्बिनीलाई एकदमै महत्व दिएर हामी अगाडी बढिरहेका छौं र सोही अनुरुप कप्तान, कन्सुल्टेन्त कोच तथा ब्रान्ड एम्बेसेडर साइन गरेका छौँ । ”

लुम्बिनीको मार्की खेलाडी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल हुन् । नेपाल क्रिकेट संघ क्यानद्वारा आयोजित नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ ।

Skip This
Skip This
Logo