अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा सन्दीप लामिछाने आबद्द मेलबर्न स्टार्स सेमिफाइनलमा प्रवेश गरेको छ । जित्नै पर्नेमा खेलमा सिड्नी सिक्सर्समाथि ९४ रनको फराकिलो जित हात पार्दै स्टार्सले अन्तिम सेमिफाइनल स्थान पक्का गरेको हो ।
टस हारेर पहिले ब्याटिंग गरेको स्टार्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो । १६९ रनको विजय लक्ष्य लिएर मैदान उत्रेको सिक्सर्सले १३.४ ओभरमा अल आउट हुदै ७४ रन मै समेटियो । ३.४ ओभरमा सन्दिपले ११ रन खर्चदै ३ विकेट लिएका हुन् ।
मेलवर्नका लागि नेपालका सन्दीप लामिछानेले टिमको ८ औं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका थिए । उनले पहिलो ओभरमा टिम कुरनलाई आउट गर्दै टिमलाई छैटौं तथा व्यक्तिगत पहिलो विकेट लिए । पहिलो ओभरमा जम्मा एक रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा ६ रन दिए । व्यक्तिगत तेस्रो ओभर बलिङ टिमको १२ ओभरमा गरेका थिए । जसमा उनले बेन डेरसिसलाई म्याक्सवेलको हातबाट क्याच आउट गराए ।
आफ्नो स्पेलको अन्तिम ओभर उनले १४ ओभरमा गरेका थिए । तर उनले पुरै ओभर बलिङ गर्न पाएनन् । १४ औं ओभरको चौथो बलमा लियोड पोपे आउट भएपछि सिड्नी ७४ रनमा समेटिन पुग्यो । सन्दीपले आज महत्वपूर्ण तीन विकेट लिँदा ११ रन खर्चिए । उनी आज सबैभन्दा कम इकोनोमी रेटमा विकेट लिने खेलाडी बने । यो सन्दिपको प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन हो ।
अब सन्दिपको टिमले फाइनलमा स्थान बनाउनको लागि बिहिबार होबर्ट हरिकेनसंग खेल्ने छ ।































प्रतिक्रिया