युएईले नेपाललाई दियो ८४ रनको लक्ष्य

युएईले नेपाललाई दियो ८४ रनको लक्ष्य

केन्द्रबिन्दु
144
Shares

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई)ले आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको अजमानस्थित द सेभेन रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रन बनाएको हो ।

युएईका लागि कप्तान समाइरा धारनीधार्काले सर्वाधिक ३१ रन जोडिन् । ४८ बलको सामना गरेकी उनले उक्त रन बनाएकी हुन् । यसैगरी रिनिथा रञ्जिथाले २० रन तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १०/१० रन जोडिन् ।

बलिङतर्फ नेपालका लागि कृष्मा गुरुङले सर्वाधिक ४ विकेट लिइन् । यसैगरी रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए ।

नेपालले यु–१९ विश्वकपमा छनोट हुनका लागि आजको खेलमा युएईलाई जित्नै पर्ने हुन्छ । साथै, रनरेटमा पनि युएईलाई पछाडि पार्नुपर्छ ।

पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो । यस्तै, दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो । नेपालले चौथो खेलमा आइतबार थाइल्याण्डलाई एक सय ६ रनले पराजित गरेको थियो । मङ्गलबार भएको पाँचौँ खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हराएको थियो ।

Skip This
Skip This
Logo