इन्टर मिलानको शानदार जित

इन्टर मिलानको शानदार जित

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ‘ए’ अन्तर्गत गएराति सम्पन्न खेलमा इन्टर मिलानले बेनेभेन्टोमाथि ४–० को फराकिलो जित निकालेको छ ।

इन्टरले खेलको सातौ मिनेटमा रिकार्डाे इमप्रोटाको आत्मघाती गोलबाट अग्रता लिएको थियो । ५७औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । ६७औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई फराकिलो जिततर्फ अघि बढाए । ७९औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्राे गोल गर्दै इन्टरलाई फराकिलो जित दिलाए ।

यस जितसँगै दोस्रो स्थानमा रहेको इन्टरको २० खेलबाट ४४ अंक पुगेको छ । शीर्षस्थानको एसी मिलानकाे ४६ अंक छ ।

Logo