काठमाडाैं । मंसिर १५ गतेदेखि सुरु हुने पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट एशाेसिएसन (क्यान)ले सोमबार साँझ एनपीएलको तालिका सार्वजनिक गरेको हो । जसअनुसार, पहिलो खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुने भएको छ । खेल मंसिर १५ गते शनिबार मध्याह्न १२ः१५ बाट सुरु हुने छ । विराटनगर किङ्सका मार्की खेलाडी सन्दीप लामिछाने र जनकपुर बोल्ट्सको मार्की खेलाडीमा आसिफ शेख छन् ।
मंसिर १६ गते उपनिर्वाचन भएकाले खेल राखिएको छैन । मंसिर १७ गतेदेखि दैनिक २ खेल हुनेछ ।
पुस ६ गतेसम्म आयोजना हुने प्रतियोगिता सिङ्गल राउण्ड रोबिनका आधारमा हुनेछ । शीर्ष चार टोलीले प्लेअफ खेल्दै फाइनलसम्मको यात्रा तय गर्ने छ ।
यस्तो छ तालिका–






























प्रतिक्रिया